काठाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र जेनजी अभियन्ता मिराज ढुंगानाको समूहबीच बिहीबार माइतीघर मण्डलामा चार बुँदे सहमति सम्पन्न भएको छ।
आज भएको सहमतिपत्रअनुसार दुबै पक्षले अन्तरिम सरकार गठनका लागि संघर्ष गर्ने, राज्यको अग्रगामी पुनर्संरचना अघि बढाउने, भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय स्थापना गर्ने र जेनजी विद्रोहका माग पूरा गर्न निरन्तर संघर्ष गर्ने प्रतिबद्धता जनाएका छन्।
ढुंगानाको समूह हाल माइतीघर मण्डलामा धर्नामा बसेको थियो र यस सहमति मार्फत आन्दोलनका माग पुरा गर्न र सर्वपक्षीय सहमतिका लागि पहल गर्न चाहँदैछ।
सहमतिका मुख्य बुँदा यस्ता छन् :
सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागि संघर्ष।
आन्दोलन र जनताको चाहना अनुसार संविधान संशोधन र स्थिर सरकार गठन।
जेनजी विद्रोहका माग पुरा गर्न संघर्ष।
भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन र राज्यको अग्रगामी पुनर्संरचना।
दुबै पक्षले सहमतिपत्रमा हस्ताक्षर गरी साझा राजनीतिक उद्देश्यतर्फ अघि बढ्ने स्पष्ट संकेत दिएका छन्।




