काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आफ्नो पदबाट राजीनामा दिएका छन्।
मंगलबार प्रतिनिधिसभा रोष्ट्रममा राजीनामा दिने घोषणा गरेका खतिवडाले बुधबार सभामुखसमक्ष राजीनामा पत्र बुझाएर औपचारिक प्रक्रिया पूरा गरेका हुन्।
राजीनामा पत्रमा खतिवडाले उल्लेख गरेका छन्, “मिति २०८२ साल साउन २७ गते बसेको संघीय संसद, प्रतिनिधिसभाको बैठकमा मैले बोल्ने क्रममा प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा दिने घोषणा गरे बमोजिम आजैबाट लागु हुने गरी समितिको सभापति पदबाट राजीनामा गरेको बेहोरा अनुरोध गर्दछु।”
यस घटनाले समितिमा नयाँ नेतृत्व चयनको प्रक्रियालाई अघि बढाउने अपेक्षा गरिएको छ।




