मुख्य समाचार

एकीकृत समाजवादीले दियो केन्द्रीय कमिटीलाई पूर्णता ,३४४ सदस्यीय कमिटी गठन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । शुक्रबार बसेको बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले ३४४ सदस्यीय कमिटी गठन भएको जानकारी दिए ।

असार १६–२१ मा भएको महाधिवेशनले २९९ मध्ये ९३ सदस्यलाई मात्रै सर्वसम्मत रूपमा चयन गरेको थियो। तर अहिले एकीकृत समाजवादीले सङ्ख्या बढाएर ३४४ सदस्यीय कमिटी गठन गरेको हो । साउन १६ गते बसेको पार्टी बैठकले केन्द्रीय कमिटी र केन्द्रीय आयोगको सङ्ख्या, नाम र मनोनयनका बारेमा गृहकार्य गर्न तीन सदस्यीय कार्यदल गठन गरेको थियो । उक्त कार्यदलमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल रहेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *