मुख्य समाचार

वर्तमान सत्ता समिकरण २०८४ सालसम्म कायम रहन्छ : कांग्रेस नेता निधि

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान सत्ता समिकरण आगामी २०८४ सालसम्म कायम रहने बताएका छन् ।

जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता निधिले वर्तमान सरकारलाई आ–आफ्नो तर्फबाट सहयोग गर्न नेता कार्यकर्तालाई आग्रह गरे । मधेश प्रदेश सरकारमा सहभागिताबारे उनले भने , “मन्त्रालय ठूलो कुरा होइन, मिलेर समस्या समाधान गरेर जानुपर्छ ।”

विमानस्थलमा नेता निधिको साथमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसमेत सहभागि थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *