राजनीति

लुम्बिनी प्रदेशमा नयाँ सत्ता सहकार्यका लागि गठबन्धनबीच ५ बुँदे सहमति पत्रमा हस्ताक्षर

काठमाडौं । लुम्बिनी प्रदेशमा नयाँ सत्ता सहकार्यका लागि चार राजनीतिक दल र एक स्वतन्त्र सांसदबीच ५ बुँदे सहमति भएको छ । सत्तासाझेदार दलहरूले नयाँ सरकार गठनका लागि बिहीबार सहमति भएको हो ।

एमाले संसदीय दलका नेता लीला गिरी, माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा, जसपाका नेता भण्डारीलाल अहिर, नेकपा एकीकृत समाजवादीका भगवती अधिकारी र स्वतन्त्र सांसद खड्ग बस्नेतले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

मन्त्रालय भागबन्डा तथा प्रदेशमा हुने राजनीतिक नियुक्तिका बारेमा समझदारी भएको हो ।सहमतिअनुसार धारा १६८ को उपधारा २ बमोजिम माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बन्दैछन् । उक्त सहमति पश्चात नाउपा पनि गठबन्धनमा समावेश भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *