मुख्य समाचार

गठबन्धनका बारेमा चैत दोस्रो साता निर्णय गर्ने महामन्त्री थापाको स्पष्टोक्ती

वीरेन्द्रनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावमा गठबन्धन गरेर जाने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको बताएका छन् ।

प्रेस युनियन सुर्खेतले गरेको पत्रकार सम्मेलनमा महामन्त्री थापाले आगामी चुनावमा गठबन्धनमा जाने वा एक्लै जाने भन्ने विषयमा अब छलफल सुरु हुने बताएका हुन् ।

‘कांग्रेस अहिले अन्य दलसँग गठबन्धनमा छ । यो नेपालको आवश्यकता हो’, महामन्त्री थापाले भने, “यो गठबन्धनलाई थप मजबुत बनाएर स्थानीय चुनावमा जाने भन्नेमा अलमल केही पनि छैन ।’

महामन्त्री थापाले पार्टीभित्र गठबन्धनमा निर्वाचन लड्ने र आफ्नै तागतमा निर्वाचन लड्ने दुई वटा मत रहेको भन्दै चैत दोस्रो साताभित्र निर्णय हुने स्पष्ट पारे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *