राजनीति

केपी ओली र राष्ट्रपति मिलेर संविधानमाथि आक्रमण भयो– पूर्वराष्ट्रपति यादव

काठमाडौं । पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले जनताको प्रतिनिधिले बनाएको संविधानमाथि पछिल्ला चार वर्षमा बारम्बार आक्रमण भइरहेको बताएका छन् ।

चन्द्रदेव जोशीद्वारा लिखित ‘माक्र्सवाद र विश्व कम्युनिष्ट आन्दोलन’ पुस्तकको विमोचन गर्दै उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधिमूलक संस्था संसद् विघटन गरेर संविधानको मर्ममाथि प्रहार गरेको बताए । उनले भने,‘राष्ट्रपति र प्रधानमन्त्री मिलेर दुई–दुई पटक संविधानलाई खत्तम गर्न खोजियो, सदनमाथि आक्रमण गरियो ।’

जिम्मेवार व्यक्तिबाट बारम्बार प्रहार गरिएको संविधान जोगाउन पाँच दल, नागरिक समाज, नेपाली जनता र अदालतले बचाएको उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *