पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पोखरामा सुरु गण्डकी प्रदेश अधिवेशनको उद्घाटन समारोहमा पार्टीका आदर्श र सिद्धान्तलाई आत्मसात गर्दै संगठित र एकतावद्ध बनाएर लैजाने नेतृत्व अहिलेको आवश्यकता भएको बताए ।
काँग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले विपीले देखाएको बाटोमा हिड्न नसक्दा पार्टी कमजोर बन्दै गएको दाबी गरे ।




