काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली नेपालमा सबैभन्दा बढि झुट बोल्ने मानिस रहेको आरोप लगाएका छन् ।
अनेरास्ववियु क्रािन्तकारीको २२ औं राष्ट्रिय सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले सत्तामा रहँदा एमाले अध्यक्ष ओलीले भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भनेको स्मरण गर्दै ओलीकै कार्यकालमा अरबौं रकम भ्रष्टाचार भएको दाबी गरे ।
उनले भने,‘भ्रष्टाचार गर्न पनि दिन्न गर्दा पनि गर्दिन भनेर विज्ञापन पो गरेको रहेछ । अरबौ भ्रष्टाचार गर्नेलाई संरक्षण गर्ने मात्रै काम गरे ।’ नेपालमा सबैभन्दा झुट बोल्ने नेता ओली रहेको आरोप लगाउँदै उनले भने,‘नेपालमा सबैभन्दा धेरै झुट बोल्ने कोही छ भने त्यो केपी ओली हो ।’
दुई दुईपटकसम्म प्रतिनिधिसभा विघटन गरेर अध्यक्ष ओलीले गल्ती गरेको भन्दै प्रचण्डले गलत गरेको स्वीकार गर्नुको साटो तालीमा रमाएको समेत बताए ।




