काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सञ्चारमाध्यमकको भूमिकाप्रति आलोचना गरेका छुन् ।
सञ्चार माध्यमका सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले सञ्चारमाध्यमको भूमिकामाथि समेत प्रश्न उठाएका छन् । सरकारले संविधान मिच्दापनि सञ्चारमाध्यमहरु चुप लागेको आरोप उनले लगाए ।
आफु प्रधानमन्त्री भएको बेला ताजा जनादेशको लागि निर्वाचन घोषणा गर्दा प्रतिगमन भयो भनेर शब्दको दुरुपयोग गरेको भन्दै उनले कुनै पार्टीलाई लक्षित अध्यादेश ल्याउँदा अग्रगमन भएकोजस्तो उनको गुनासो छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सूचना निकालेर अध्यादेश फिर्ता नहुने दाबी गरेका छन् ।
अध्यक्ष ओलीले एकपटक जारी भएको अध्यादेश सूचना निकालेको भरमा फिर्ता नहुने भन्दै अध्यादेश संसदबाट टुङ्गो लगाउनुपर्ने दाबी गरेका हुन् । एउटा अध्यादेश रद्द गर्न अर्को अध्यादेश वा कानुन चाहिने भन्दै संसद चलिरहेको बेला संसदबाटै कानून बनाईनुपर्ने उनको भनाई छ ।
यसअघि आफु प्रधानमन्त्री भएका बेला समेत अध्यक्ष ओलीले हरेकजसो कार्यक्रममा मिडियाको आलोचना गर्दै आएका थिए । लकडाउनका बेला समस्यामा परेका सर्वसाधारणको समाचार बनाएको विषयमा उनले खरो आलो आलोचना गरेका थिए ।




