काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गलत नभएको दाबी गरेका छन् ।
एमाले केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूले गरेको संसद विघटनको निर्णय सही भएको दाबी गरेका हुन् । केन्द्रीय कमिटि बैठकमा संसद विघटनका बारेमा प्रश्न उठेपछि अध्यक्ष ओलीले जवाफ दिंदै स.सद विघटन सही भएको दाबी गरेका हुन् ।
संसद विघटन गरेर चुनावमा जाने निर्णय प्रतिगमन नभएको उनको तर्क छ । ‘निर्वाचनमा जाने जनमत लिने निर्णय कहिल्यै पनि प्रतिगमन होइन, गलत होइन ।’ अध्यक्ष ओलीको भनाई छ ।
तत्कालिन प्रधानमन्त्री रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिलो पटक ५ पुस २०७७ र दोस्रो पटक ७ जेठमा प्रतिनिधिसभा विघटन गरेका थिए । दुबैपटक सर्वोच्चले संसद पुर्नस्थापना गरेको थियो ।




