काठमाडौं । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले भोलि पदाधिकारीको बैठक बोलाएका छन् ।
देउवाले बुधबार दिउँसो तीन बजे आफ्नो नीजि निवास बूढानीलकण्ठमा पदाधिकारी बैठक बोलाएका हुन् ।
भोलि बस्ने बैठकमा मन्त्री छनोटबारेमा छलफल हुनेछ । यसअघि आज बसेको सत्तारुढ गठबन्धनको बैठकले परराष्ट्र मन्त्रालय कांग्रेसलाई दिने सहमति गरेको थियो । त्यही बैठकमा प्रधानमन्त्री समेत रहेका देउवाले नेता नारायण खड्कालाई मन्त्री नियुक्त गर्ने बताएका थिए ।




