खेलकुद

दसौँ राष्ट्रिय खेलकुदः फुटबलमा त्रिभुवन आर्मी क्लब विजयी

काठमाडौं । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तरगत आज भएको पुरुष फुटबल खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । कर्णाली प्रदेश रङ्गशाला सुर्खेत वीरेन्द्रनगरमा भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ३–० ले हराउँदै विजय सुरुआत गरेको हो । आर्मी क्लबका भरत खवासले २३औँ मिनेटमा पहिलो र लाकेन लिम्बुले ५२औँ दोस्रो मिनेटमा दोस्रो गोल हान्दै आफ्नो टोलीको जीत सुरुआत गरेका थिए ।

खेलको ६४औँ मिनेटमा भने लुम्बिनी प्रदेशका विकास लिम्बुले बल क्लियर गर्ने क्रममा आत्मघाती गोल हान्दा आर्मी क्लबको गोलमा अङ्क बढेर तीन पुग्यो । उक्त खेलमा लुम्बिनी प्रदेशका फागुराम थारुलाई पहेँलो कार्ड देखाइएको म्याच अफिसर वीरेन्द्र पाण्डेले जानकारी दिनुभयो । दोस्रो खेल कोशी र बागमती प्रदेशबीच आजै हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *