देश

धादिङको रुबीभ्यालीमा बोलेरो जिप दुर्घटना, ६ जना घाइतेको हेलिकप्टरमार्फत उद्धार

धादिङ। धादिङको रुबीभ्याली गाउँपालिका-४ स्थित सेर्तुङबाट बोराङतर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

आज बिहान भएको उक्त दुर्घटनामा घाइते भएकाहरूलाई नेपाल प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा उद्धार गरिएको हो।

घाइतेहरूको थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *