देश

पूर्वराजा शाहले यस वर्षको बडादसैँमा सर्वसाधारणलाई टीका नलगाइदिने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको बडादसैँमा सर्वसाधारणलाई टीका तथा जमरा नलगाइदिने भएका छन् ।

सम्वाद सचिवालयले आइतबार जारी गरेको सूचनाअनुसार, गत भदौमा हिमपहिरोबाट आएको भीषण बाढी तथा असोजमा परेको अविरल वर्षाका कारण हजारौँ मानिस विस्थापित भएको र सयौँको दुःखद निधन हुनुका साथै ठूलो जनधनको क्षति भएकाले यस वर्ष दसैँको टीका कार्यक्रम नराख्ने निर्णय गरिएको हो ।

विपद्बाट उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै आफ्नो आस्था, मान्यता र मर्यादालाई कायम राखी यस वर्षको बडादसैँ पर्व सादगीपूर्ण रूपमा मनाउने निर्णय गरिएको सचिवालयले जनाएको छ ।

सम्वाद सचिवालयका अनुसार, पूर्वराजा ज्ञानेन्द्रले यस वर्षको विजयादशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने कार्यक्रम राखेका छैनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *