देश

सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य रु ८०० र चाँदीको मूल्य रु १० ले बृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ९२ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ४२५ कायम भएको छ ।

मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९१ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ४१५ कायम भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *