देश

भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न

भोजपुर । नेपाली कांग्रेस भोजपुरका नौमध्ये आठ वटा स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ ।

भोजपुर नगरपालिका बाहेक जिल्लाका अन्य सबै पालिकामा नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।

नेपाली कांग्रेसका जिल्ला सभापति विनोद वान्तवाका अनुसार बुधबार सम्पन्न अधिवेशनबाट आठ वटा स्थानीय तहमा नयाँ सभापति चयन भएका छन् ।

अधिवेशनबाट षडानन्द नगरपालिकाको सभापतिमा पदम तामाङ, पौवादुङमा गाउँपालिकामा सन्तोष कोइराला, टेम्केमैयुङ गाउँपालिकामा हर्कराज राई, आमचोक गाउँपालिकामा निम्नुरी शेर्पा र अरुण गाउँपालिकाको सभापतिमा ज्ञानेन्द्र दाहाल निर्वाचित भएका छन् ।

त्यसैगरी, साल्पासिलिछो गाउँपालिकाको सभापतिमा मनराज राई र रामप्रसादराई गाउँपालिकाको सभापतिमा घमचन्द्र दाहाल निर्वाचित भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *