देश

प्रतिनिधिसभाः उद्धार कार्य प्रभावकारी बनाउन सांसदको माग

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले रसुवाको भोटेकोशी बाढीमा परेका नागरिकको उद्धार कार्य प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद शाहीले सरकारले सुरुङभित्र फसेका व्यक्तिको बेलैमा उद्धार गरेको भए जीवितै उद्धार गर्न सकिने अवस्था थियो भने । तर, उद्धारमा ढिलाइका कारण शव मात्रै निकाल्नु परेको उनले गुनासो गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणी न्यौपानेले अदालत र न्यायलय पनि अब विधिमा चल्नुपर्छ भन्दै न्यायपालिकाको पुनःसंरचना आवश्यक भएको बताए । समय सापेक्ष न्यायालय बनाउनेमा जोड दिर्दै उनले न्यायाधीशको सम्पत्ति छानबिन गर्न आग्रह गरे ।

नेपाली कांग्रेसका मदनकृष्ण श्रेष्ठले हवाई सुरक्षाको विषयमा कुनै पनि सम्झौता गर्न नसकिने बताउदै नेपाल वायु सेवा निगमलाई व्यवस्थीत बनाउनेतर्फ सरकारको ध्यानाकर्षण गराए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *