देश

अमेरिका जानुअघि प्रधानमन्त्रीले भेटे विश्वप्रकाश र भीष्मराज

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताबीच भेटवार्ता भएको छ ।

सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय, सिंहदरबारमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र विश्वप्रकाश शर्मासँग बालेनले भेट गरेका हुन् ।

संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानुअघि आवश्यक छलफलका लागि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलका प्रतिनिधिलाई सिंहदरबारमा बोलाएका हुन् ।

प्रधानमन्त्री बालेन संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भोलि अपराह्न अमेरिकातर्फ प्रस्थान गर्ने कार्यक्रम छ । भेटमा प्रधानमन्त्रीलाई जलवायु परिवर्तनका विषय र नेपालले भोग्नुपरेको समस्या संयुक्त राष्ट्रसंघमा उठाउन सल्लाह दिएको शर्माले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *