देश

रोशी क्षेत्रमा निरन्तर वर्षापछि बीपी राजमार्गमा सवारी आवागमन अस्थायी रूपमा रोकियो

बनेपा । काभ्रेपलाञ्चोकको रोशी खोलाको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेका कारण सम्भावित बाढी–पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा सवारी आवागमन अस्थायी रूपमा रोकिएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सोमबार सूचना जारी गर्दै राजमार्गमा जोखिमको अवस्था रहेकाले अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा सवारी साधन सञ्चालन नगर्न सबै चालक तथा यात्रुलाई आग्रह गरेको हो।

प्रहरीका अनुसार सडकको अवस्था सुरक्षित रहेको पुष्टि भएपछि पुनः सूचना जारी गरी राजमार्ग सञ्चालनमा ल्याइनेछ।

यात्रु तथा सवारी चालकलाई यात्रा अघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन तथा आवश्यक परे नेपाल प्रहरीको १००, ट्राफिक प्रहरीको १०३ वा जिल्ला आपत्कालीन सञ्चालन केन्द्रको १२३४ नम्बरमा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले अनुरोध गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *