देश

हर्क साम्पाङको माग: प्रधानमन्त्रीको संसद हाजिरी परीक्षण गर्न आग्रह

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले प्रधानमन्त्रीको संसदमा हाजिरी परीक्षण गर्न माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले संसद नियमावलीअनुसार प्रत्येक सांसदको उपस्थितिको अभिलेख रहने व्यवस्था रहेको उल्लेख गर्दै प्रधानमन्त्री संसदमा कति पटक उपस्थित हुनुभयो र हाजिरी गर्नुभयो वा भएन भन्ने विषयमा छानबिन/परीक्षण आवश्यक रहेको बताएका हुन् ।

उनले संसदमा उपस्थितिको पारदर्शिता लोकतान्त्रिक अभ्यासको आधार भएकाले यस विषयलाई सामान्य रूपमा नलिनुपर्ने धारणा राखे ।

त्यसैगरी उनले सीमा सम्बन्धी अभिव्यक्तिबारे सबै नेपालीसँग माफी माग्नुपर्ने आवश्यकता रहेको बताउँदै यो कुनै दल वा व्यक्तिको मात्रै मुद्दा नभई राष्ट्रिय विषय भएको जिकिर गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *