देश

कपिलवस्तुका कांग्रेस नेता कनोडिया एमाले प्रवेश

काठमाडौँ । नेपाली कांग्रेस कपिलवस्तुका नेता वीरेन्द्रकुमार कनोडिया नेकपा एमाले प्रवेश गरेका छन् ।

लुम्बिनी प्रदेशसभाका पूर्वसदस्य कनोडियालाई नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर ३ ले एकल सिफारिस गरेको थियो । शनिबार काठमाडौंमा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट सदस्यता ग्रहण गर्दै उनी एमाले प्रवेश गरेका हुन् ।

उनलाई एमालेले उम्मेदवार बनाउने गरी पार्टीमा भित्राएको हो । चिनी मिल सञ्चालक समेत रहेका कनोडियामाथि उखु किसानको पैसा नतिरेको आरोप लाग्दै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *