सयुक्त राट्रसङघीय एजेन्सि युएनआरडब्लुएद्वारा संचालित स्वास्थ्य केन्द्रमा इजरायली सेनाले ’अन्तर्राष्ट्रिय कानून विपरित छापा मारेको युएनआरडब्लुएका आयुक्त–जनरल फिलिप लाजारिनीले बताउनु भएको छ ।
लाजारिनीले सामाजिक सञ्जाल एक्समा इजरायली सेनाहरू“ “पूर्वी जेरुसेलमको युएनआरडब्लुए र संयुक्त राष्ट्रको परिसर भित्र प्रवेश गरी स्वास्थ्य केन्द्र वन्द गर्ने आदेश दिएको बताउनु भएको छ । प्यालेस्टिनी शरणार्थीहरूलाई प्राथमिक स्वास्थ्य सेवामा पहुँचबाट वञ्चित गर्दै इजरायली सेनाले स्वास्थ्य केन्द्रहरुलाई ३० दिनका लागि बन्द गर्न आदेश दिएको उहाँले बताउनु भएको छ ।
यसैबिच युएनआरडब्लुएले उपलब्द गराएका सुविधाहरूमा पानी र बिजुली आपूर्ति समेत–आउँदो हप्ता देखि कटौती हुने सुचना जारी गरीएको लाजारिनीले उल्लेख गर्नु भएको छ ।
प्यालेस्टिनी शरणार्थी विरोधी यो कदम गत डिसेम्बरमा इजरायली संसदले पारित गरेको कानूनको प्रत्यक्ष परिणाम भएको जनाइएको छ । जसले सन् २०२४ मा अपनाइएका विद्यमान युएनआरडब्लुए विरोधी कानूनहरूलाई बढावा दिएको लाजारिनीले बताउनु भएको छ । पवछिल्लो अन्तर्राष्ट्रिय न्याय अदालत (आईसीजे) को फैसलाले अधिकारीहरू अन्तर्राष्ट्रिय कानून अन्तर्गत युएनआरडब्लुएको सञ्चालनलाई सहज बनाउन बाध्य रहेको उल्लेख गरेको छ ।




