काठमाडौँ । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले मुलुक र लोकतन्त्रको भविष्यका लागि नेपाली कांग्रेसका नेताहरुलाई विभाजन नगरी एकताको यात्रा तय गर्न आग्रह गरेका छन्।
युनियनका अध्यक्ष लम्सालले जारी विज्ञप्तिमा लोकतान्त्रिक व्यवस्थामा दलहरु विभाजन हुँदा सञ्चार क्षेत्रले पनि असर भोग्नुपर्ने भएकाले एकताको बाटो रोज्न अनुरोध गरेका हुन्।
उक्त विज्ञप्तिमा उल्लेख छ, “नेपाल प्रेस युनियन नेपाली कांग्रेसका सबै जिम्मेवार नेताहरुलाई लोकतन्त्र र मुलुकको भविष्य केन्द्रमा राखेर विभाजन नगरी एकताको यात्रा तय गर्न अनुरोध गर्दछ। साथै, युनियन आवद्ध देशभरका साथीहरुलाई विचलित नबनी एकताको पक्षमा अभिमत प्रकट गर्न हार्दिक अनुरोध गर्दछ।”




