विश्व

प्रदर्शन हिंसात्मक बनाउन अमेरिकाले भूमिका खेलेको खामेनीको आरोप

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले सरकारविरुद्ध प्रदर्शन गरिरहेका व्यक्तिहरूलाई ‘उपद्रवी’ भन्दै उनीहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खुसी पार्न खोजिरहेको आरोप लगाएका छन् ।

इरानले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा पत्र पठाउँदै प्रदर्शन हिंसात्मक बनाउन अमेरिकाले भूमिका खेलेको दाबी गरेको छ ।

१३ दिनदेखि जारी प्रदर्शन आर्थिक असन्तुष्टिबाट सुरु भई इस्लामिक गणतन्त्रको अन्त्य र राजतन्त्र पुनःस्थापनासम्मको मागमा बढ्दै गएको छ। मानवअधिकार समूहका अनुसार कम्तीमा ४८ प्रदर्शनकारी र १४ सुरक्षाकर्मीको मृत्यु भएको छ भने हजारौँ पक्राउ परेका छन्।

देशभर इन्टरनेट बन्द गरिएको छ । उता ट्रम्पले इरान ‘ठूलो समस्यामा परेको’ भन्दै कडा चेतावनी दिएका छन् । बेलायत, फ्रान्स र जर्मनीले इरानी सुरक्षा बलद्वारा गरिएको हिंसाप्रति गहिरो चिन्ता व्यक्त गर्दै प्रदर्शनकारीको हत्याको निन्दा गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *