राजनीति

कांग्रेस संस्थापन पक्षले विशेष महाधिवेशनको विरोधमा युवा भेला आयोजना गर्ने

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन समूहले पार्टीभित्रको विशेष महाधिवेशनको पक्षधर गतिविधिलाई चुनौती दिनका लागि २७ र २८ पुसमा विशेष भेला आयोजना गर्ने भएको छ। २७ पुसमा युवा–विद्यार्थी भेला सानेपामा आयोजना गरिनेछ भने २८ पुसमा जिल्ला सभापतिहरूको भेलाको आयोजना हुनेछ।

सभापति शेरबहादुर देउवासँगको छलफलपछि आयोजित बैठकमा यस भेला आयोजना गर्ने निर्णय भएको हो। भेलाको संयोजन नेपाल तरुण दलका अध्यक्ष विधान गुरुङ र जिल्ला सभापतिहरूको भेला समन्वयको जिम्मेवारी भक्तपुर सभापति दुर्लभ थापा र बागलुङ सभापति जीत शेरचनलाई दिइएको छ।

भेलामा केन्द्रीय सदस्य गुरु बराल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, बालकृष्ण खाँण, एनपी साउद, जीतजंग बस्नेत लगायतका नेताहरू सहभागी हुने जानकारी प्राप्त भएको छ। साथै, भ्रातृ संगठन नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ र नेपाल महिला संघका अध्यक्षहरूले पनि सहभागिता जनाउनेछन्।

विशेष महाधिवेशन पक्षधरले २७–२८ पुसमा काठमाडौँको भृकुटीमण्डपमा महाधिवेशन गर्ने घोषणा गरिसकेका छन् भने स्थल ‘बुकिङ’ पनि गरिसकेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *