काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र लिएको छ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित विभिन्न १० वाम घटकबीच एकता भएर बनेको नेकपाले आज दर्ताको प्रमाणपत्र लिएको हो।
प्रमाणपत्र लिनको लागि आयोगमा नेकपाका नेताहरू राजेन्द्र पाण्डे, लीलामणि पोखरेललगायत नेताहरू पुगेका छन्। यही १९ गते प्रचण्ड र माधव नेपालले पार्टी एकता घोषणा गरेका थिए।




