काठमाडौँ। नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता एवम् पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार जारी गरेको विज्ञप्तिमा नेता श्रेष्ठको भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा आन्द्राको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा कांग्रेसले श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिंदै उहाँको पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ। नेता श्रेष्ठ केही दिनदेखि उपचारका लागि नयाँदिल्लीमा रहनुभएको हो।



