देश

बुद्व एयरका मालिक बस्नेतसहितले निर्वाचन आयोगमा दर्ता गरे नयाँ पार्टी

काठमाडौं । बुद्ध एयरमा मालिक वीरेन्द्रबहादुर बस्नेत लगायतले नयाँ पार्टी दर्ता गराएका छन् ।

बस्नेतसहित समाजशास्त्री दिनेश प्रसाईं, पियुषप्रसाद कायस्थसहितले निर्वाचन आयोगमा ‘गतिशील लोकतान्त्रिक पार्टी’ दर्ता गराएका हुन् ।

पार्टीको अध्यक्षमा प्रसाईं छन् भने महासचिव पियुषप्रसाद कायस्थ रहेका छन् ।

दलको दर्ता नम्बर ५१७ रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *