काठमाडौं । नेकपा एमालेले संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा रिट नदिने भएको छ । पार्टी सचिवालय बैठकमा अदालत जाने निर्णय गरे पनि संस्थागत रुपमा अदालत नजाने जनाएको हो ।
एमालेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीले संसद विघटनलाई असंवैधानिक ठहर गरी राजनीतिक रूपमा विरोध गर्ने बताए । उनले भने, ‘हामीले संसद विघटनको विरोध गरेका छौं, तर अदालत जाने निर्णय लिएका छैनौं।’
एमालेले संसद विघटन र प्रधानमन्त्री सुशीला कार्की नियुक्ति संवैधानिक रुपमा नभएको भन्दै प्रश्न उठाउँदै आएको छ।



