काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्मा नयाँ ‘जेनजी मन्त्री’ थप्ने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको स्पष्ट पारेकी छन्। केही मिडियामा गणपति लाल श्रेष्ठ, बब्लु गुप्ता, रामजी राम र टासी ल्हाजोमको नाम चर्चामा आए पनि कार्कीले त्यसलाई अस्वीकार गरेकी हुन्।
हिजो राष्ट्रपति कार्यालयमा जेनजी समूहका युवाहरुले प्रधानमन्त्रीसँग भेट गरी छलफलबिना नाम सार्वजनिक भएकोप्रति असन्तुष्टि जनाए। जवाफमा कार्कीले, “अहिलेसम्म कुनै निर्णय भएको छैन, तपाईंहरूसँग सल्लाह गरेर टुंग्याउँछु,” भनेकी छन्।
प्रधानमन्त्रीले जेनजी समूहबाट सिफारिस मागेकी छन्। आन्दोलनका घाइते वा मृतक परिवारका सदस्यलाई समेट्न आफू सकारात्मक रहेको उनले बताएकी छन्।
सरकार र जेनजी प्रतिनिधिबीच भोलि फेरि राष्ट्रपति कार्यालयमा वार्ता हुने तय भएको छ। राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यलाभपछि आज डिस्चार्ज भएका छन्, र भोलिको वार्तामा सहभागी हुने सम्भावना छ।



