देश

हर्क साम्पाङले निर्वाचन आयोगमा दिए दल दर्ताको निवेदन

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

साम्पाङले ‘श्रम संस्कृति पार्टी’ को नाम दिएर केहि दिन अघि नै आयोगमा निवेदन दिएका छन् ।

आयोग स्रोतले हर्कराज राई अध्यक्ष रहेको श्रम संस्कृति पार्टीका नाममा दल दर्ताका लागि निवेदन परेको र आयोगको जाँचबुझ प्रक्रियामै रहेको छ ।

साम्पाङले दल खोल्ने कुरा पटक पटक गरे पनि यस पटक दल दर्ताको निवेदन दिएको विषय भने जानकारी दिएका थिएनन् ।

जेनजी आन्दोलनपछि प्रधानमन्त्रीको दाबि गरेका साम्पाङले सुशिला कार्की नेतृत्वको सरकार विदेशीले बनाइदिएको भन्दै लगातार आक्रमण गरिरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *