देश

हितेन्द्रदेव शाक्यको सरुवा, प्राधिकरणमा सिलवाल नियुक्त

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सरुवा गरेको छ ।

उनको ठाउँमा प्राधिकरणकै पूर्व उपकार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।

उर्जामन्त्री कुलमान घिसिङको प्रस्तावमा सरकारले शाक्यको सरुवा जल तथा ऊर्जा आयोगमा गरेको छ ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुखमा डा. मनोज केसी नियुक्त भएका छन् । आज बसेको मन्त्रीपरिषद वैठकले सो निर्णय गरेको हो ।

उनले ललिता निवास प्रकरणको पनि अनुसन्धान गरेका हुन् । उनी कात्तिक २७ मा रिक्त हुने ३३ औं आईजीका एक दावेदार पनि हुन् ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *