देश

मधेस प्रदेशसभाको बैठक आह्वान गर्ने सर्वदलीय सहमति

महेन्द्रनगर (धनुषा)। मधेस प्रदेशसभाको बैठक यही असोज ७ गते मङ्गलबार आह्वान गर्ने सर्वदलीय सहमति भएको छ।

जनकपुरधामस्थित प्रदेश सचिवालयमा सभामुख रामचन्द्र मण्डलको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहले सहमति भएको जानकारी दिए। सभामुख मण्डलका अनुसार सबै राजनीतिक दलले सङ्घीयताको पक्षमा एकजुट भएर सकारात्मक सन्देश प्रवाह गर्न बैठक आह्वान गर्ने निर्णय गरेका छन्।

जेनजी प्रदर्शनका क्रममा प्रदेशसभामा भएको आगजनी, तोडफोड र लुटपाटका कारण रु ४० करोडभन्दा बढीको क्षति भएको छ। सचिवालयले क्षतिग्रस्त संरचना तत्काल सामान्य मर्मत गरी बैठक सञ्चालन गर्ने सहमति भएको जनाएको छ। बैठकमा मुख्यमन्त्री सतिशकुमार सिंहसहित विभिन्न राजनीतिक दलका नेताहरू सहभागी छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *