राजनीति

जनमतले मधेश प्रदेशका मुख्यमन्त्रीसहित आफ्ना मन्त्रीलाई फिर्ता बोलायो

जनकपुरधाम । जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्रीसहित मन्त्री फिर्ता बोलाएको छ ।

शनिबार संसदीय दलको नेता महेशप्रसाद यादवले विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीसहित मन्त्रीहरु मधेश सरकारबाट फिर्ता बोलाएको जानकारी दिएका हुन् ।

उनले सरकारलाई दिएको सर्मथन पनि फिर्ता लिएको र मुख्यमन्त्री र मन्त्री फिर्तासम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइएको जनाएका छन् ।

गएको सोमबार जेनजी प्रदर्शन हुँदा मंगलबार मुख्यमन्त्री सतिशकुमार सिंहले सामाजिक सञ्जालबाट राजीनामा दिएपनि उनले प्रदेश प्रमुख समक्ष लिखित राजीनामा भने दिएका थिएनन् ।

मधेश प्रदेशमा जनमत नेतृत्वको सरकारमा एमाले, कांग्रेस र लोसपा सत्तासाझेदार छन् भने जसपा नेपाल, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा, नेसंस र नाउपा प्रतिपक्षमा रहेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *