देश

आफ्नो डिपफेक भिडिओ बनाउने विरूद्व स्वर्णिम वाग्लेले दिए उजुरी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले आफ्नो डिपफेक भिडिओ बनाउनेविरूद्व उजुरी दिएका छन् ।

आफ्नो आवाजको दुरुपयोग गरी डिपफेक भिडियो बनाएको भन्दै उनले आज साइबर ब्यूरोमा उजुरी दिएका हुन् ।

वाग्लेको आवाज जस्तै सुनिने भिडियो क्लिप सामाजिक सञ्जालमा प्रसारित भएको छ । भारतीय व्यक्तिहरूसँग वाग्लेले संवाद गरेको जस्तै गरी भिडियो क्लिप बनाइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *