काठमाडौं । मनाङ प्रदेशसभा क्षेत्र नं. २ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ। गण्डकी प्रदेशसभाबाट निर्वाचित दीपक मनाङ्गे (राजीव गुरुङ) ज्यान मुद्दामा दोषी ठहर भएसँगै पदमुक्त भएपछि सो निर्वाचन क्षेत्रमा उपनिर्वाचनको बाटो खुलेको हो।
उक्त मुद्दाको पूर्णपाठ सोमबार सार्वजनिक भएपछि निर्वाचन आयोगले उपनिर्वाचनको मिति तय गरेको जनाएको छ। आयोगका अनुसार दल दर्ता र अन्य प्रक्रियाहरू छोट्याएर भए पनि कात्तिक १७ गते नै निर्वाचन गराउने तयारी छ।
निर्वाचन आयोगले आगामी निर्वाचनमा उचित तयारी गर्दै सबै प्रक्रियाहरू पारदर्शी र समयमै सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।




