राजनीति

उपसभामुखलाई हटाउने प्रयासमा शेखर पक्षले गरेनन् हस्ताक्षर

काठमाडौँ । सरकारले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी गरेको छ । कांग्रेस–एमालेले उपसभामुखलाई हटाउनको लागि अहिले खाली कागजमा हस्ताक्षर गराइरहेको छ ।तर, कांग्रेसका नेता डा. शेखर कोइरालाले पक्षले भने असन्तुष्टि जनाएका छन् ।

कोइरालाले खाली कागजमा कुनै कारण नखुलाई हस्ताक्षर नगर्ने अडान लिएका छन् । पार्टीले सांसदहरूको हस्ताक्षर सङ्कलन गरिरहेको भएपनि आफूलाई कुनै खबर नआएको शेखर निकट सांसद बताउँछन् ।

उपसभामुखलाई हटाउन खोजेको चर्चा बाहिर सुनेको भएपनि पार्टीभित्र अहिलेसम्म कुनै छलफल नभएको शेखर पक्ष बताउँछ । कोइरालाले पछिल्लो समय सरकारको कामप्रति असन्तुष्टि जनाउँदै आइरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *