राजनीति

वामदेव गौतमलाई एकीकृत समाजवादीका सबै विभागको संयोजनको जिम्मेवारी

 

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी) ले वामदेव गौतमलाई पार्टीको सबै केन्द्रीय विभागहरूको संयोजन गर्ने जिम्मेवारी दिएको छ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सम्पन्न सातौँ सचिवालय बैठकले गौतमलाई अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालपछिको वरियतामा राख्दै यो जिम्मेवारी सुम्पिएको हो। उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाका अनुसार अध्यक्ष नेपालले गौतमलाई सपथग्रहण गराएका छन्।

राष्ट्रिय एकता अभियानबाट साउन २ गते पार्टीमा प्रवेश गरेका नेताहरूमध्ये डिबी कार्की, तुलसी थापा र लोकनाथ धमलालाई पोलिट्ब्यूरो सदस्य बनाइएको छ।

त्यस्तै, भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भारती, रवीन्द्र वम, तोफा यादव, विद्याप्रसाद शर्मा, रामप्रसाद अधिकारी र मोहमदशेर बागवानलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *