राजनीति

जसपा (अशोक राई) र मुक्ति पार्टीबीच कार्यगत एकता घोषणा हुँदै

काठमाडौं। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबीच आज कार्यगत एकता घोषणा हुँदैछ।

मुक्ति पार्टीका महासचिव केशव झाका अनुसार पहिचानको मुद्दामा संयुक्त संघर्षका लागि यो एकता हुन लागेको हो। जसपा, उपेन्द्र यादव नेतृत्वको जसपाबाट अलग भएर बनेको हो भने मुक्ति पार्टी, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबाट छुट्टिएर गठन गरिएको हो।

महतो नेतृत्वको मुक्ति पार्टी सङ्घीय लोकतान्त्रिक मोर्चामा आवद्ध भए पनि सरकारमा रहेको जसपासँग कार्यगत एकता गर्न लागेको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *