काठमाडौं । निर्वाचन आयोगले लालवीर चौधरीलाई अध्यक्ष बनाउने नागरिक उन्मुक्ति पार्टीको राष्ट्रिय भेलाको निर्णय अस्वीकार गरेको छ। आयोगले राजनीतिक दलसम्बन्धी ऐन र पार्टीको विधानअनुसार भेला अवैधानिक भएको ठहर गरेको हो।
यससँगै पार्टीको अध्यक्षमा रञ्जिता श्रेष्ठ नै कायम भएकी छन्। राष्ट्रिय भेलाले आफूलाई अध्यक्ष तोकेपछि चौधरीले आयोगमा दलको विवरण अद्यावधिकका लागि निवेदन दिएका थिए। निवेदनपछि आयोगले रञ्जिता र लालवीर दुवैलाई पत्र पठाएर जवाफ मागेको थियो। दुवैले आफूलाई अध्यक्ष दाबी गर्दै जवाफ पठाएका थिए।




