देश

वाग्मती प्रदेशसभाको बैठक आज

वाग्मती। वाग्मती प्रदेशसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले महालेखा परीक्षकको कार्यालयबाट प्राप्त आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार बैठकमा समसामयिक विषयमा सदस्यहरूले आ–आफ्ना धारणा प्रस्तुत गर्ने कार्यसूची छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *