देश

नकारात्मक सोचले देशलाई अघि बढ्न दिँदैन : सांसद कुँवर

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले देशमा सकारात्मक सोचको अभाव देखिएको बताएका छन् ।शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

अहिले जताततै नकारात्मक सोच र ऊर्जा विकसित भएको बताए । नकारात्मक सोचलाई हटाउने कुरा अहिले चुनौती बनिरहेको पनि बताए । सकारात्मक सोच र ऊर्जा लिएर अघि बढेमात्रै देशलाई र आफ्नो भविष्यलाई सुन्दर बनाउन सकिने बताए । जीवनलाई सार्थक ढंगबाट उपयोग गर्न सक्नुपर्ने बताए ।

उनले भने ‘हामी भोलिका युवाहरूले के गर्नुपर्ला, के गरिरहेका छौँ । हाम्रो सुन्दर भविष्य बनाउनका लागि के गर्नुपर्छ । साथै यो देशलाई योगदान पुर्याउनका लागि, आफ्नो जिल्ला, देश समृद्ध बनाउन के गर्नुपर्ला ? कस्ता सोचहरू ग्रहण गर्नुपर्ला भन्नेमा हामी केन्द्रित हुनुपर्छ । जीवनलाई सार्थक ढंगबाट उपयोग गर्न सक्नुपर्छ । सकारात्मक सोचका साथ अघि बढौँ । सबैको दिमागमा नकारात्मक ऊर्जा छ, सबैले सकारात्मक बोल्न सक्दैन । यो नकारात्मक ऊर्जा कसरी फाल्ने भन्ने चुनौती छ ।’

सांसद कुँवरले समर्पणको भावना लिएर अघि बढेमात्रै सफल भइने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *