काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ र त्यस भित्रका सार्वजनिक स्थानहरूमा जारी गरेको निषेधाज्ञा हटाएको छ।
राजावादीहरूको आन्दोलन चर्किएपछि प्रशासनले गत जेठ १८ गते एक आदेश जारी गर्दै चक्रपथ क्षेत्रभित्र कुनै पनि विरोध प्रदर्शन, सभा वा जुलुस गर्न निषेध गरेको थियो।
प्रशासनले एक सूचना प्रकाशित गर्दै अब ती सबै स्थानहरूमा कार्यक्रम आयोजना गर्न जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्नुपर्ने जनाएको छ।
सूचनामा भनिएको छ, “हाललाई जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा कार्यक्रम गर्ने गरी उक्त आदेश कायम नरहेको व्यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ।”




