राजनीति

१२ दिनदेखि त्रिवि शिक्षण अस्पतालको आइसियुमा वैद्य, स्वस्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य १२ दिनदेखि अस्पतालको आइसियुमा उपचाररत छन् ।

उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आइसियुमा राखेर उपचार भइरहेको हो । पुरानो रोग दम बढेपछि उनी शिक्षण अस्पतालको आइसियुमा भर्ना भउका थिए ।

उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पताल प्रशासनले जनाएको छ । अक्सिजन स्तरमा उतार–चढाव भइरहेको र चिकित्सकले निरन्तर निगरानी गरिरहेको अस्पतालले जनाएको हो ।

वैद्य क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका महासचिव तथा संयोजक हुन् । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको पारिवारिक श्रोतले बताएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *