राजनीति

एमालेद्वारा गणतन्त्र दिवस देशभर मनाउने निर्णय

काठमाडौँ । नेकपा एमालेले जेठ १५ गते गणतन्त्र स्थापना भएको दिनलाई उत्सवको रुपमा देशव्यापी मनाउने निर्णय गरेको छ ।

आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले देशभरका पालिका स्तरमा विषय कार्यक्रम आयोजना गर्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।

काठमाडौँ उपत्यकामा सांस्कृतिक झाँकीसहित गणतन्त्र दिवस मनाउन नेपाल जन संस्कृतिक महासंघले कार्यक्रमको संयोजन गर्ने र पार्टी कार्यलयले आवश्यक संयोजन गर्ने निर्णय भएको पोखरेलले जानकारी दिए ।

महासचिव पोखरेलले जनताको सम्प्रभुताका विरुद्ध हुने कुनै पनि गतिविधि एमालेलाई स्वीकार्य नभएको भन्दै गणतन्त्रलाई अझै सबल र सुदृढ बनाउने पार्टीको निष्कर्ष रहेको उनले बताए ।

साथै महासचिव पोखरेलले विद्या भण्डारीको चीन भ्रमण पुर्व राष्ट्रपतिको हैसियतमा भएको बताउदै त्यसमा पार्टीका नेताहरुपनि सामेल भएको जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *