देश

रवि लामिछानेको मुद्दाको सुनवाइ आज स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा आज सुनुवाइ नहुने भएको छ ।

न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा हिजो सुरु भएको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

आज एक न्यायाधीश उपलब्ध नहुने भएपछि सुनुवाइ स्थगित गरिएको हो ।

स्रोतका अनुसार नहकुल सुवेदी आज संवैधानिक इजलासमा बस्नुपर्ने भएकाले रविको मुद्दामा सुनुवाइ गर्न नसक्ने भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *