काठमाडौँ । आज सार्बजनिक लेखा समितिसहितपाँच संसदीय समितिको बैठक बस्दैछ ।
आज सार्बजनिक लेखा समितिसहित अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार समिति, शिक्षा, स्वास्थ्य तथा सुचना प्रविधि समितिको बैठक बस्दै छ । आज अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो (संशोधन विधेयक),२०८० सम्बन्धमा विषय विज्ञ र सरोकारवालासँग छलफल हुदैछ ।
त्यस्तै महिला तथा सामाजिक मामिला समितिको बैठकमा दुई वटा उपसमितिहरुले तयार पारेका प्रतिवेदनहरु समिति समक्ष पेश गर्ने कार्यसूची रहेको छ । त्यसैगरी पूर्वाधार विकास समितिको बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधन सहित दफाबार छलफलको कार्यसूची रहेको छ ।
त्यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि छलफलको कार्यसूची रहेको छ । त्यसैगरी सार्वजनिक लेखा समितिको बैठकमा पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन उपर छलफल हुने कार्यसूची रहेको छ ।




