देश

कपाल प्रत्यारोपणको लापरवाहीस् ३७ वर्षीय इन्जिनियरको मृत्यु

काठमाडौं । कपाल प्रत्यारोपणको नाममा गरिएको लापरवाहीले भारतको उत्तर प्रदेशका ३७ वर्षीय इन्जिनियर विनीत कुमार दुवेको ज्यान गएको छ। कानपुरस्थित पन्की पावर प्लान्टमा सहायक इन्जिनियरका रूपमा कार्यरत विनीतले कपाल प्रत्यारोपण गराउँदा ज्यान गुमाउनुपरेको हो। टाइम्स अफ इन्डियामा प्रकाशित समाचारअनुसार घटना दुई महिना पुरानो भए पनि भर्खरै उजुरी परेपछि बाहिर आएको हो। विनीतकी पत्नी जया त्रिपाठीले आरोपी डाक्टरविरुद्ध लापरवाहीपूर्ण उपचारका कारण मृत्यु भएको भन्दै प्रहरीमा उजुरी दर्ता गरेकी छिन्।

मार्च ११ मा पत्नी जया आफ्ना दुई बच्चासहित होली मनाउन माइतीघर गएकी थिइन्। विनीतले उनलाई सरप्राइज दिनको लागि मार्च १३ मा कानपुरकै एक क्लिनिकमा कपाल प्रत्यारोपण गराउने निर्णय लिए। सो क्लिनिक अनुष्का तिवारी नामकी एमबीबीएस चिकित्सकले सञ्चालन गर्दै आएकी थिइन्।

डाक्टर अनुष्काले प्रत्यारोपण सुरु गर्न नदुख्ने सुई लगाएलगत्तै विनीतको अनुहार सुन्निन थाल्यो। अवस्था बिग्रँदै गएपछि उनलाई कानपुरकै रिजेन्सी अस्पतालमा भर्ना गरियो, तर अन्ततः उनको मृत्यु भयो।

विनीतको मृत्युको खबर उनकी पत्नी जयालाई अज्ञात नम्बरबाट फोनमार्फत प्राप्त भएको थियो। ूअनुहार सुन्निएको छ, अस्पतालमा भर्ना गरिएको छ,ू भन्ने जानकारी दिँदै फोन काटियो। जयाले पुनः सम्पर्क गर्न खोजेकी थिइन् तर नम्बर लागेन, डाक्टरको नम्बर पनि स्वीचअफ थियो।

कानपुरमा रहेका आफन्तमार्फत थाहा पाउँदा विनीतको अवस्था गम्भीर भइसकेको थियो, र भोलिपल्टै उनको ज्यान गयो।

पत्नी जयाले लापरवाहीपूर्ण उपचारका कारण पतिको मृत्यु भएको भन्दै रावतपुर प्रहरी स्टेसनमा उजुरी दर्ता गराएकी छिन्। उजुरीपछि प्रहरीले आरोपी डाक्टरविरुद्ध मुद्दा दर्ता गरेको छ। कपाल प्रत्यारोपण गराउँदा हुने जोखिम र सावधानीबारे जानकार नहुँदा विनीतले ज्यानै गुमाउनुपरेको यो घटना ठूलो चेतावनीको रूपमा आएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *