
काठमाडौं। संघीय संसद अन्तर्गत आज दुईवटा समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालय सिंहदरबारमा यी बैठकहरू आयोजना हुनेछन्।
विधायन व्यवस्थापन समितिको बैठक आज दिउँसो १ बजे बोलाइएको छ। यस बैठकमा यसअघिको कार्यसूची अनुसार पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमाथि छलफल जारी रहनेछ।
त्यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बिहान ११ बजेदेखि सुरु हुनेछ। यो बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरू – गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला, उत्तर दक्षिण (कोशी कोरिडोर) लोकमार्ग, रेल्वे तथा मेट्रो विकास आयोजना, र राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको स्थलगत अनुगमन प्रतिवेदनको मस्यौदामाथि छलफल गरिने कार्यसूची रहेको छ।